You are here
Home > Front News > सभामुख महराको राजीनामा स्वीकृत

सभामुख महराको राजीनामा स्वीकृत

१५ आश्विन २०७६, बुधबार १९:३९

काठमाडौं-निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामा स्वीकृत भएको छ ।
बुधबार संघीय संसद सचिवालयले सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिएको सूचना प्रकाशन गरेको छ ।

साथै संघीय संसदको बेव साइटबाट उनको फोटो र नाम हटाइएको छ । उनको परिचय रहेको पहिलेको स्थानमा विना फोटो सभामुख मात्र लेखिएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आइतबार बेलुका आफ्नो कोठमा आई महराले बलात्कार गरेको आरोप लगाएपछि उनको पद गुमेको हो ।

मंगलबार बिहान बसेको नेकपा सचिवालय बैठकले महरालाई राजीनामा दिन सुझाव दिएपछि उनले छानविन नसकिञ्जेलका लागि भन्दै आफ्नो पदबाट राजीनामा दिएका थिए । आज मात्रै महराले विज्ञप्तीको भाषा सञ्याउँदै राजीनामा पत्र उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई बुझाएका छन् ।

नेपालको संविधानको धारा ९१ मा सभामुखले राजीनामा दिएका स्वतः स्वीकृत भएको मानिने व्यवस्था छ ।