You are here
Home > समाचार > भ्रमण वर्ष २०२० लाई सफल बनाउन सेनाद्धारा २ समिति गठन

भ्रमण वर्ष २०२० लाई सफल बनाउन सेनाद्धारा २ समिति गठन

१६ आश्विन २०७६, बिहीबार २०:४५

काठमाडौं– नेपाली सेनाले भ्रमण वर्ष २०२० लाई सफल बनाउन तयारी थालेको छ ।  रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र प्रधानसेनापति पूर्णचन्द्र  थापाको उपस्थितिमा नेपाल सरकारले घोषणा गरेको “नेपाल भ्रमण वर्ष २०२० ” लाई सफल बनाउन प्रचार प्रसार गर्ने उद्देश्यका साथ नेपाली सेनाले जंगी अड्डामा बिहिवार बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपाल सरकारको मिसन “नेपाल भ्रमण वर्ष २०२०” लाई सफल पार्नको साथै सहयोग पुर्याउन नेपाली सेनाले गरेको कामप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाल सरकारको हरेक निर्णयलाई नेपाली सेनाले आफ्नो क्षमता र दक्षताले भ्याएसम्म सहयोग गर्दै आएको बताए ।

भ्रमण वर्षलाई  सफल बनाउन नेपाली सेनाले बलाधिकृत तथा बलाध्यक्ष रथीको कमाण्डमा २ वटा समितिको समेत गठन गरेको छ ।