
काठमाडौं- नेपाली सेनाले बडादशैंको उपलक्ष्यमा बस सेवा सञ्चालन गर्ने भएको छ । सेनाले असोज २१ गते टिकाको दिन काठमाण्डौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्चालन हुने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा र्पुयाउने उद्देश्यले बस सेवा संचालन गर्ने जनाएको छ ।
सैनिक जनसम्र्पक निर्देशनालयले दिएको जानकारीअनुसार सेनाले निम्न लिखित विभिन्न ७ (सात) वटा रुटहरु र समयमा निःशुल्क बस सञ्चालन गर्ने व्यवस्था मिलाएको छ ।
सि.नं. | रुट नं. | बसको चल्ने रुट | बसको संख्या | समय | कै. |
१ | १ | भद्रकाली-कालीमाटी-कलंकी-नागढुङ्गा(सोही रुट हुँदै फिर्ता हुने) | ३ | १. ०८००-१०३०२. १३००-१५००३. १६००-१८०० | |
२ | २ | भद्रकाली-बल्खु-किर्तिपुर(सोही रुट हुँदै फिर्ता हुने) | ३ | १. ०८००-१०३०२. १३००-१५००३. १६००-१८०० | |
३ | ३ | भद्रकाली-बानेश्वर-कोटेश्वर-गठ्ठाघर- सूर्यबिनायक(सोही रुट हुँदै फिर्ता हुने) | ३ | १. ०७३०-१०००२. १३००-१५३०३. १६३०-१९०० | |
४ | ४ | भद्रकाली-लैनचौर-महाराजगञ्ज- बुढानिलकण्ठ(सोही रुट हुँदै फिर्ता हुने) | ३ | १. ०८००-१०३०२. १३००-१५००३. १६००-१८०० | |
५ | ५ | भद्रकाली-चावहिल-जोरपाटी-थली-साँखु(सोही रुट हुँदै फिर्ता हुने) | ३ | १. ०६००-१०००२. ११००-१४००३. १५००-१९०० |
६ | ६ | भद्रकाली-बानेश्वर-कोटेश्वर-सातदोबाटो- कलंकी-सितापाईला-बालाजु-महाराजगञ्ज- चावहिल-गौशला-एयरपोर्ट-तिनकुने भद्रकाली (चक्रपथ)(सोही रुट हुँदै फिर्ता हुने) | ३ | १. ०८००-१०३०२. १२३०-१५००३. १६००-१९०० | |
७ | ७ | भद्रकाली-बानेश्वर-तिनकुने-एयरपोर्ट-गौशला-चावहिल-महाराजगञ्ज-बालाजु-सितापाईला-कलंकी-सातदोबाटो-कोटेश्वर-बानेश्वर हुँदै भद्रकाली (चक्रपथ)(सोही रुट हुँदै फिर्ता हुने) | ३ | १. ०८००-१०३०२. १२३०-१५००३. १६००-१९०० |