You are here
Home > समाचार > सुदृढिकरणका लागि सबैको श्रृजनात्मक प्रयास जरुरी- आइजीपी खनाल

सुदृढिकरणका लागि सबैको श्रृजनात्मक प्रयास जरुरी- आइजीपी खनाल

१७ आश्विन २०७६, शुक्रबार १९:३५

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी संगठनलाई अझै राम्रो बनाउने भन्दा अरु कुनै विकल्प नभएकोले यसको सुदृढिकरणको लागि सबैको श्रृजनात्मक प्रयास जरुरी रहेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार प्रहरी अधिकृत तथा जवानहरुलाई शान्ति सुरक्षा एवं समसामयिक विषयमा निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।

नजिकिँदै गरेको नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली एवम् छठ पर्व तथा नेपाल संवतको अवसरमा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन अझ बढी चनाखो भई आफ्नो क्षमताको प्रदर्शन गर्दै जिम्मेवारी वहन गर्न प्रहरी महानिरीक्षक खनालले निर्देशन दिए ।

.प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारले लिएको दृष्टिकोण अत्यन्तै राम्रो भएको चर्चा गर्दै त्यसलाई आत्मसात गर्दै प्रहरी कर्मचारीहरुले इमानदारिता एवम् निष्ठापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्न अग्रसर हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।