You are here
Home > राजनीति > कास्कीमा ६ जनाको मनोनयन दर्ता

कास्कीमा ६ जनाको मनोनयन दर्ता

२१ कार्तिक २०७६, बिहीबार १३:००

काठमाडौं- मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी नेकपा तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै नेपाली कांग्रेसबाट विपीको तर्फबाट चन्द्रबहादुर रानाभाट, स्वतन्त्रतर्फ कमलजंग कुँवर र यज्ञप्रसाद पंगेनीले उम्मेद्वारी दर्ता गराएका हुन् । साझा पार्टीका तर्फबाट रजनी केसीले उम्मेद्वारी दर्ता गराएकी छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने अहिलेसम्म मनोनयन दर्ता गराएको छैन ।

देशभक्त समाज पार्टीका तर्फबाट वीरबहादुर विश्वकर्माले मनोनयन दर्ता गराएका छन्।

यस्तै, दाङ क्षेत्र नम्बर ३ ख मा प्रदेशसभा सदस्यका लागि कांग्रेस उम्मेदवार केशवकुमार शर्माले मनोनयन दर्ता गराएका छन्।