You are here
Home > राजनीति > भारत विरुद्ध कोहलपुरमा प्रदर्शन,मोदीको पुत्ला जलाइयो

भारत विरुद्ध कोहलपुरमा प्रदर्शन,मोदीको पुत्ला जलाइयो

२१ कार्तिक २०७६, बिहीबार १३:०८

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कोहलपुरमा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै बजार परिक्रमा गरेका विद्यार्थीहरुले बागेश्वरी क्याम्पस नजिकै पुगेर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका हुन् ।

विद्यार्थीहरुले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । नेपाल सरकारले पनि भारतीय नक्सा मान्य नभएको भन्दै कुटनीतिक रुपमा समाधान खोज्ने बताएको छ । भारतले नयाँ नक्सामा कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो देशमा देखाएको छ ।

कालापानी, लिपुलेख, लिम्पियाधुरा क्षेत्रमा भारतले लामो समय देखि आफ्नो सैनिक राख्दै आएको भए पनि नेपालको सरकारी पक्षबाट हटाउन पहल भएको पाइदैन।