You are here
Home > समाचार > वडाध्यक्ष सुवालसहित १० जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी

वडाध्यक्ष सुवालसहित १० जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी

२१ कार्तिक २०७६, बिहीबार १३:४६

काभ्रे– बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पु¥याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ । बनेपा नपाका–९ ठकुरीगाउँस्थित आफ्नै कृषि फार्ममा फोहरमैला व्यवस्थापन गर्न मेशिन राख्ने स्थान तयारी गर्ने क्रममा गत सोमबार डोजर लैजाँदा वडाध्यक्ष सुवालको नेतृत्वमा अवरोध पु¥याएको जनाउँदै किटानी जाहेरी दिइएको हो ।

नपाले उक्त स्थानमा जापानिज प्राविधिबाट धुवाँरहित, वातावरणलाई अवसर नपुग्ने मेशिनमार्फत फोहर नष्ट गर्न जमीन तयारीका लागि डोजर लैजाँदै गर्दा स्थानीयले बाटोमा अवरोध पु¥याइ सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरी डोजर तोडफोड गरिएको थियो । 

‘वडाध्यक्ष सुवालसहित १० जनाविरुद्ध शान्तिसुरक्षामा खलल पु¥याइ तोडफोडमा उत्रिएको आरोपमा जाहेरी आएको छ’, जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने । उनका अनुसार जाहेरीमा शान्तिसुरक्षामा खलल पु¥याउन भेला गराई तोडफोड गरेकाले दफा ६० को परिच्छद–२ अनुसार कारवाहीको माग गरिएको छ । स्थानीयले अवरोध पु¥याएपछि भीडलाई तितरवितर पार्न सुरक्षाकर्मीले छ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यसलगत्तै भएको झडपमा पाँच जना स्थानीय सामान्य घाइते भएका थिए । 

प्रहरीले तोडफोडमा संलग्न स्थानीय डम्बरबहादुर घिसिङ (सङ्घर्ष समिति अध्यक्ष) लाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी नायब उपरीक्षक गिरीले भने, ‘अनुसन्धानका लागि आरोपित अन्यको खोजी कार्य भइरहेको छ ।’ बनेपाको फोहर व्यवस्थापनका विषयमा गत हप्ता जिल्ला समन्वय समितिको कार्यालयमा भएको सर्वदलीय, पक्षीय छलफलका सहभागीले उक्त स्थानमा वातावरण प्रदूषणमुक्त मेशिन राख्न सहमत भएका थिए ।