You are here
Home > समाचार > फास्ट ट्रयाक प्रमुख सहायक रथी श्रेष्ठलाई हटाइयो

फास्ट ट्रयाक प्रमुख सहायक रथी श्रेष्ठलाई हटाइयो

२१ कार्तिक २०७६, बिहीबार १७:१९

काठमाडौँ– राष्ट्रिय गौरभको आयोजना निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा अनियमितता भएको उजुरी परेपछि आयोजनाका प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठ जिम्मेवारबाट हटाइएको छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाको जङ्गी अड्डामा अनियमितताको उजुरी परेपछि सहायक रथी श्रेष्ठलाई निजगढ द्रुतमार्गको प्रमुखबाट हटाइएको हो । फस्ट ट्रकमा अनियमितता भएको अजुरी आएपछि प्रधानसेनापति पूर्णचन्द्र थाले अनुसन्धानका लागि बलाधिकृत रथी शरद गिरीलाई जिम्मा दिएपछि सहायक रथी श्रेष्ठ जिम्मेवारबाट हटाइएको हो ।

आयोजनाको प्रमुख प्राविधिक उप रथी योगेन्द्र खाँड भएको समयमा नै अनियमितताको उजुरी परेको भए पनि खाँड असार १३ मा नै सेवाबाट अवकाश पाइसकेको छ । योजनाको प्रमुख खाँड भएको बेला त्यी टिममा श्रेष्ठ पनि रहेको ले अनुसन्धानमा तानिएका हुन् ।

श्रेष्ठलाई एक महिना अगाडी नै जिम्मेवारबाट हटाइएको थियो । तर, अनियमितता भएको हो की होइन भनेर अनुसन्धान भइरहेकोले यो कुरा गोप्य राखिएको स्रोतले बताएको छ । भने, योजनाको प्रमुखमा महासेनानी विकास पोख्रेललाई जिम्मामा दिइएको छ । काठमाडौँ–तराई– मधेस जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) सबैभन्दा छोटो ७६ दशमलव २ किमीको राष्ट्रिय गौरवको यो आयोजना हो ।