You are here
Home > समाचार > नेपालमा पहिलोपल्ट गोताखोर तालिम

नेपालमा पहिलोपल्ट गोताखोर तालिम

२२ कार्तिक २०७६, शुक्रबार १५:५७

चिप्लेढुङ्गा-नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन गरिएको छ । युएनडीपीको सहयोगमा सशस्त्र प्रहरी बल नम्बर–१ बराह बाहिनी पकली, इटहरीले यो तालिम प्रदान गरेको हो ।

बंगलादेशमा सन् २०११ तालिम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालिम सन्चालन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्र खनालले बताए ।

तत्कालीन समयमा एक व्यक्तिलाई करिब रु १२ लाख लगानी गरेर युएनडीपीले बंगलादेशमा सशस्त्र प्रहरीलाई तालिमको अवसर प्रदान गरेको थियो । हालसम्म तिनै तालिमप्राप्त गोताखोरबाट उद्धारकार्य हुँदै आए पनि पर्याप्त नभएपछि गोताखोर तालिम सञ्चालन गरिएको उनले बताए ।