You are here
Home > राजनीति > प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

२२ कार्तिक २०७६, शुक्रबार १९:४७

काठमाडौं – लिपुलेक विवादबारे समाधानको उपाय खोज्न पूर्वप्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेतासहित सर्वपक्षीय परामर्श बैठक हुने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले लिपुलेक विवादबारे छलफल गर्न शनिबार सर्वपक्षीय परामर्श बैठक बोलाउनुभएको छ । बैठक शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालाुवाटारमा हुने प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । लिपुलेक विवादबारे समाधानको उपाय खोज्न प्रधानमन्त्रीले सर्वपक्षीय परामर्श बैठक ढाक्नु भएको उहाँले बताउनुभयो ।

नेपालको भूभाग लिपुलेकलाई भारतले आफ्नो नक्शामा पारेपछि विवाद उत्पन्न भएको छ ।