You are here
Home > समाचार > भरुवा बन्दुकसहित चार जना पक्राउ

भरुवा बन्दुकसहित चार जना पक्राउ

२४ कार्तिक २०७६, आईतवार ११:४५

बागलुङ– जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ ।

काठेखोला गाउँपालिका–५ बिहुँबाट प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो । उनीहरुको साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक विक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।