You are here
Home > राजनीति > सुदूरपश्चिमका राज्यमन्त्री रावलले दिए राजीनामा

सुदूरपश्चिमका राज्यमन्त्री रावलले दिए राजीनामा

२४ कार्तिक २०७६, आईतवार १४:३१

काठमाडौं- आर्थिक अनियमितताको आरोप लागेपछि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्। आर्थिक राज्यमन्त्री रावलले आइतबार राजीनामा दिएका हुन् ।

राज्यमन्त्री रावलविरुद्ध आर्थिक अनियमितताको आरोप छ भने उनीबिरुद्ध परेको उजुरीका आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ । कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचन जितेका राज्यमन्त्री रावलविरुद्ध ठगी मुद्धासमेत रहेको छ ।

जनज्योति एजुकेसन फाउन्डेसनको सेयर वापतको करिब १६ करोड रकम ठगी भएको भन्दै राज्यमन्त्री रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालतमा केही समय अघि मुद्दा दायर भएको थियो।