You are here
Home > राजनीति > संसदीय समितिले अतिक्रमण गरेको भूमीका बारेमा बोलायो प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई

संसदीय समितिले अतिक्रमण गरेको भूमीका बारेमा बोलायो प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई

२५ कार्तिक २०७६, सोमबार १०:०६

काठमाडौं- भारत नेपालको भूमीलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे संसदीय समितिहरूले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गर्ने भएका छन्।

भारतीय अतिक्रमणको मुलुकभर विरोध भइरहेको र सरकारले पनि उक्त नक्साप्रति आफ्नो विरोध भारतसामू जनाइसकेको अवस्थामा संसदीय समितिहरूले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग सोमबार छलफल गर्न लागेका हुन्। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले आज साढे ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न लागेको छ।

समितिले प्रधानमन्त्रीसँग भारतीय नक्सामा नेपाली भूमि पारेकोबारे छलफल गर्न लागेको हो। त्यस्तै, प्रतिनिधिसभाकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सोही विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई समितिमा बोलाएको छ।

आज ११ बजेर ३०बजे बस्ने बैठकमा कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेक विषयमा परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल गर्ने यो समितिको कार्यसूची रहेको छ। भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई गत आइतबार सार्वजनिक गरेको आफ्नो नक्सामा राखेपछि नेपालमा उक्त कदमको विरोध भइरहेको छ।