You are here
Home > समाचार > निजगढ–काठमाडौँ द्रुतमार्ग नयाँ अवधारणामा बन्ने

निजगढ–काठमाडौँ द्रुतमार्ग नयाँ अवधारणामा बन्ने

२७ कार्तिक २०७६, बुधबार ०८:३०

निजगढ – निजगढ–काठमाडौँ द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएपछि अलमलमा परेको नेपाली सेनाले अब नयाँ अवधारणाअनुसार निर्माण कार्य अघि बढाउने भएको छ ।नयाँ अवधारणाअनुसार सेना आफैले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्र, नाला, कल्भर्ट, पर्खाल र अन्य पुल आफै निर्माण गर्ने भएको हो ।

द्रुतमार्गको सडक फिलिङ र कटिङ सकिएको २५ किलोमिटर क्षेत्र कालोपत्र तत्काल थालिने र सँगै नाला, पर्खाल बनाइनेछ । अब दु्रत गतिमा कालोपत्र, स–साना पुल, कल्भर्ट र पर्खाल बनाउने योजना अघि बढाइएको आयोजनाका संयोजक भरत खड्काले बताए ।

सेनाले निजगढबाट ८ दशमलव ५ किलोमिटर उत्तरतर्फ सडक कालोपत्र, कल्भर्ट र पुल निर्माण थाल्ने भएको छ । सिस्नेरीको कठिन स्थानमा निर्माण कम्पनीले पहाड फोड्नेदेखि सम्याउने काम सकेपछि सेनाले चार लेनलाई चिरा पारेर दुई लेनको बनाउने तथा फेरि चार लेनसँगै जोड्ने साथै चोभारबाट बाग्मतीसम्म फिलिङ, कटिङसँगै कालोपत्र गर्ने खड्काले बताए ।