You are here
Home > राजनीति > बङ्गलादेशका राष्ट्रपति र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

बङ्गलादेशका राष्ट्रपति र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

२७ कार्तिक २०७६, बुधबार १६:३६

काठमाडौ– बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधबार शिष्टाचार भेट गर्नुभएको छ। भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहकार्यबारे कुराकानी भएको थियो।

भेटमा राष्ट्रपति हमिदले दूरीले नजिक दुई देशबीच आर्थिक विकासका लागि सहकार्यका थुप्रै क्षेत्र भएको बताउनुभयो। राष्ट्रपति हमिदले बङ्गलादेशको स्वतन्त्रता संग्राममा समर्थन गर्ने नेपाल ७औं राष्ट्र भएको बताउँदै उक्त समर्थनको प्रशंसा गर्नुभयो।

त्यसैगरी दुई देशको जनस्तर र संसदीय सम्बन्धलाई अभिवृद्धी गर्न भ्रमण आदनप्रदान गर्नुपर्ने बताउँदै उहाँले अध्यक्ष तिमिल्सिनालाई बङ्गलादेश भ्रमणका लागि विशेष निमन्त्रणा गर्नुभयो। उहाँले नेपाल जस्तो सुन्दर र नजिकको देशमा अघिल्लो वर्ष २० हजारबढी बङ्गलादेशी जनताले भ्रमण गरेको जानकारी गराउँदै यसलाई वृद्धि गर्न सकिने धारणा राख्नुभयो। एक अर्को प्रशंगमा राष्ट्रपति हमिदले बङ्गलादेशमा पढ्ने नेपाली विद्यार्थीको भिषा समस्या समधानमा आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।