You are here
Home > राजनीति > नेकपा सचिवालय वैठक बस्दै

नेकपा सचिवालय वैठक बस्दै

२९ कार्तिक २०७६, शुक्रबार ०८:४३

काठमाडौं-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (शुक्रबार) सचिवालय वैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको आजको सचिवालय वैठकमा मन्त्रिपरिषद फेरबदलको विषयमा नभई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइने निर्णय हुनसक्ने स्रोतले जानकारी दिएको छ ।

शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्ने नेकपा सचिवालय बैठकले सम्भवतः प्रचण्डले कार्यकारी अध्यक्षका हैसियतमा पार्टीको नेतृत्व गर्ने र प्रधानमन्त्रीमा ओली नै निरन्तर रहने निर्णय गर्ने स्रोतको दावी छ ।

मन्त्रीपरिषद हेरफेर अघि दुई जना अध्यक्षको कार्यविभाजन गर्न शुक्रबार बिहान सचिवालय बैठक डाकिएको नेकपाका एक उच्च नेताले बताएका छन् । सचिवालयको बैठक बोलाउनुअघि बिहीबार अध्यक्षद्वय ओली र प्रचण्डबीच करिब डेढ घण्टा छलफल भएको थियो ।

आजको सचिवालय बैठकबाट कार्य विभाजनको निर्णय यदि भएन भने यस्तो निर्णय गर्नका लागि स्थायी समिति बैठक बोलाउने सहमती पनि हुन सक्ने छ । यसअघिको तयारी अनुसार शुक्रबार वा यो साताभित्र मन्त्रीपरिषद हेरफेर भइसक्नु पर्ने भए पनि पहिले अध्यक्षको कार्यविभाजन गर्ने गरी त्यसलाई केही दिन पर सारिएको हो ।