You are here
Home > समाचार > नक्कली सुनसहित २ जना पक्राउ

नक्कली सुनसहित २ जना पक्राउ

२९ कार्तिक २०७६, शुक्रबार ११:३९

हेटौंडा – मकवानपुर प्रहरीले नक्कली सुन सहित हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ। नक्कली सुनसहित पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका ३ बस्ने ४७ वर्षीय ध्याल सिंह शेर्पा र  मकवानपुर राक्सिराङ् गाउँपालिका ४ बस्ने अभय कुमार थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटी गएको प्रहरी टोलीले  त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा १ चौकिटोलमा भैँसेबाट हेटौंडा तर्फ आउदै गरेको बा ९३ प ९०६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा शेर्पाको साथबाट  १ किलो फाइन गोल्ड ९९९.९ सिओ २२६६६५० लेखिएको सुन जस्तो देखिने पहेलो रङ्गको चारपाटे आकारको नक्कली सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।