You are here
Home > राजनीति > भारतीय दूताबास अगाडि नेविसंघको प्रदर्शन, प्रहरीद्धारा हस्तक्षेप

भारतीय दूताबास अगाडि नेविसंघको प्रदर्शन, प्रहरीद्धारा हस्तक्षेप

१ मंसिर २०७६, आईतवार १२:५२

काठमाडौं– नेपाली भूमि अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले लैनचौरस्थित भारतीय दूतावास अगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरु नेविसंघ कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको छ ।

बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको छ ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूमिलाई आफ्नो क्षेत्रमा पारेपछि देशभर विरोध प्रदर्शन भइरहेको छ । काठमाडौं उपत्यकामा दिनहुँजसो भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।