You are here
Home > राजनीति > आयोजनालाई असर नपर्ने गरी मुआब्जा लिन प्रधानमन्त्रीको आग्रह

आयोजनालाई असर नपर्ने गरी मुआब्जा लिन प्रधानमन्त्रीको आग्रह

२ मंसिर २०७६, सोमबार १५:२१

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला आयोजनालाई असर नपर्ने गरी जग्गाको मुआब्जा लिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले हाम्रा ठूला आयोजनाहरु विलम्ब हुने र महंगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको हो ।

रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेघावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर उद्घाटन गर्दै उहाँले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन नागरिकहरुले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महंगो बनाउन नहुने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले अघि बढाएको आयोजना देश र जनताको हितका लागि भएकाले पनि यसमा धेरै महंगो हुने गरी मुआब्जा लिने काम गर्न नहुने पनि बताउनुभयो ।