You are here
Home > खेलकुद > बंगलादेशसँग नेपाल ८ विकेटले पराजित

बंगलादेशसँग नेपाल ८ विकेटले पराजित

२ मंसिर २०७६, सोमबार १५:३२

काठमाडौँ-बंगलादेशमा जारी एसिसी इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा नेपाल पराजित भएको छ।

आयोजक बंगलादेशले नेपाललाई ८ विकेटले पराजित गरेको हो। १३९ रनको लक्ष्य बंगलादेशले २४ ओभरमा मात्रै दुई विकेटको क्षतिमा पूरा गरेको हो।

बंगलादेशका लागि मोहम्मद नइमले ५६ बलमा ४५ रन बनाए। यस्तै नाज्मुल होसैन शान्तोले नटआउट ५६ बलमा ५९ रन बनाए।

यस्तै यासिर अलीले १५ बलमा नटआउट १८ रन बनाए। नेपालका करण केसी र शुसन भारीले एक-एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ४४ ओभर तीन बलमा सबै विकेट गुमाएर १३८ रन बनायो। नेपालका लागि सोमपाल कामीले ३८, कप्तान ज्ञानेन्द्र मल्लले २२, आरिफ शेखले ११ र कुशल भुर्तेलले १० रन बनाए।