You are here
Home > समाचार > पश्चिम नेपालमा भूकम्पको ठूलो झट्का

पश्चिम नेपालमा भूकम्पको ठूलो झट्का

३ मंसिर २०७६, मंगलवार २०:०३

काठमाडौं- पश्चिम नेपालका कर्णाली र प्रदेश ५ मा ठूलो भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ ७ बजेर १५ मा ठूलो भूकम्पको धक्का महसुस भएको हो । अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, कैलालीसम्म भूकम्पको धक्का महसुस गरिएको हो ।

ठूलो भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घरबाट निस्किएका छन् । बझागंको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

७ बजेर १५ मिनेटमा भूकम्प गएको हो ।बझाङंको पौवागडी केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।