
सिरहा-भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट ५ लाख घुस लिँदालिँदै शुक्रबार बिहान उनी कार्यालयबाटै पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।
उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।