You are here
Home > समाचार > सीमा क्षेत्रमा संयुक्त गस्ती गर्ने सहमति गर्दै सीमा सुरक्षा बैठक सकियो

सीमा क्षेत्रमा संयुक्त गस्ती गर्ने सहमति गर्दै सीमा सुरक्षा बैठक सकियो

६ मंसिर २०७६, शुक्रबार १५:३६

काठमाडौं-पोखरामा बुधवारदेखि शुरु भएको नेपाल भारत सीमासुरक्षा बैठक शुक्रबार सकिएको छ। नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक सम्पन्न भएको हो ।

बैठकमा सीमा अपराध, सीमामा संयुक्त गस्ती र दुई देशका सुरक्षा निकायबीचको संयुक्त अभ्यासका विषयमा छलफल भएको सशस्त्र प्रहरी बलका प्रवक्ता सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

हरेक वर्ष हुने बैठकको एजेण्डा पहिल्यै तय भएको हुन्छ। विवादित कालापानी, लिपुलेकको विषयमा भने छलफल नै नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।