You are here
Home > समाचार > महिला सहकर्मीमाथि यौन दुर्व्यहार गरेको आरोपमा अधिकृत निलम्बित

महिला सहकर्मीमाथि यौन दुर्व्यहार गरेको आरोपमा अधिकृत निलम्बित

८ मंसिर २०७६, आईतवार १३:०३

काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरिएको छ ।

परिषद्काअनुसार कार्यालय समयमै मादक पदार्थ सेवन गरी महिला सहकर्मीमाथि यौन दुर्व्यहार गरेको आरोपमा झालाई निलम्बन गरिएको हो  ।

मंसिर १ गते दिउँसो ३ बजेतिर मादक पदार्थ सेवन गरी झाले महिला सहकर्मीमाथि यौन दुर्व्यहार गरेको आरोप छ  ।

घटनालगत्तै महिला कर्मचारीले परिषद् अध्यक्ष प्राडा अञ्जनीकुमार झा समक्ष आफूमाथि यौन दुर्व्यहार भएको भन्दै उजुरी गरेकी थिइन् । परिषद्का अध्यक्ष डा. झाले अधिकृत झाविरुद्ध उजुरी परेपछि तत्काल कर्मचारीहरूको बैठक बोलाई विभागीय कारबाही गरेको जानकारी दिनुभएकाे छ ।

झालाई मंसिर ४ गतेदेखि १८ गतेसम्मका लागि निलम्बन गरिएको हो ।