You are here
Home > अर्थ/बजार > नेपाल प्रहरीमा लताकपडाका लागि ३६ करोडको टेण्डर स्वीकृत

नेपाल प्रहरीमा लताकपडाका लागि ३६ करोडको टेण्डर स्वीकृत

९ मंसिर २०७६, सोमबार १८:३२

काठमाडौं-प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवम् प्रशासन विभागले लताकपडाका लागि ३६ करोडको टेण्डर स्वीकृत गरेको छ। मूल्य अभिवृद्धि कर बाहेक जम्मा ३६ करोडको नेपाल प्रहरीको लताकपडाका लागि टेण्डर स्वीकृत गरेको हो। जसमा कटन पाइन्ट, उलन सर्ट, उलन पाइन्ट, चुस्ता, डीएमएस बुट, उलन स्वीटर, पार्क ज्याकेट, बिरेट क्याप, बुट, रुक्स्याक व्यागलगायत जाडो महिनाका लागि आवश्यक लत्ताकपडा रहेका छन्।साउन २६ गते प्रकाशित गरेको बोलपत्र आह्वानको सूचना अनुसार म्यादभित्र परेका बोलपत्रमध्ये १० वटा स्वीकृत गरेको छ।

चार वटा बोलपत्र अस्वीकृत गरेको २०७६ मंसिर १ गते प्रकाशित सूचनामा उल्लेख छ । प्रधान कार्यालय नक्सालस्थित विभागको प्रवन्ध निर्देशनालयबाट प्रकाशित सो सूचना अनुसार म्यादभित्र पेश गर्ने बोलपत्रहरुमध्ये सारभूत रुपमा प्रभावग्राही भएकाले सार्वजनिक खरिद ऐन २०६३ (संशोधितसहित) को दफा २७ को उपदफा (२) अनुसार बोलपत्र स्वीकृत गरेको आशयको सूचना प्रकाशित गरिएको छ ।

यसका साथै ११, १२, १३ र १४ को कुनै पनि बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही नभएकाले सार्वजनिक खरिद ऐन २०६३ (संशोधितसहित) दफा २६ को उपदफा १ को (क) बमोजिम रद्द गरिएको सो सूचनामा उल्लेख गरिएको छ ।

बोलपत्र स्वीकृत भएका बोलपत्रदाताहरुमा वीरगञ्जस्थित क्राउन टेक्स्टाइल इनडस्ट्रिज प्रालिको कवोल अंक मूल्य अभिवृद्धि कर बाहेक पाँच करोड ८८ लाख ८० हजार रुपैंयाँ, सोही कम्पनी प्रालिको कवोल अंक मूल्य अभिवृद्धि कर बाहेक चार करोड चार लाख रुपैंयाँको, काठमाडौं नयाँ वानेश्वरस्थित प्लस प्वाइन्ट ट्रेडिङको कवोल अंक मूल्य अभिवृद्धि कर बाहेक तीन करोड १८ लाख ६ हजार रुपैंयाँको, सोही ट्रेडिङको कवोल अंक मूल्य अभिवृद्धि कर बाहेक आठ करोड ७० लाख ३५ हजार रुपैंयाँको र काठमाडौं महाराजगञ्जस्थित जय सलिना इन्टरप्राइजेजको कवोल अंक मूल्य अधिवृद्धि कर बाहेक पाँच करोड ६३ लाख ५२ हजार रुपैंयाँको बोलपत्र स्वीकृत भएका छन् ।

त्यसै गरी प्रहरी प्रधान कार्यालयले स्वीकृत हुने अन्य वोलपत्रहरुमा काठमाडौंको महांकाल–५ स्थित तेजसाम ट्रेड इन्टरप्राइजेजको कवोल अंक मूल्य अभिवृद्धि कर बाहेक दुई करोड ८७ लाख रुपैंयाँको, काठमाडौंको क्षेत्रपाटीस्थित कामियो फ्ल्याग नेपाल ट्रेडिङ प्रालिको कबोल अंक मूल्य अभिवृद्धि कर बाहेक चार करोड ३९ लाख ६८ हजार रुपैंयाँको, काठमाडौंको नागार्जुनस्थित क्राउनवाल विजनेश ट्रेडर्सको कवोल अंक मूल्य अभिवृद्धि कर बाहेक ५३ लाख १० हजार रुपैंयाँको, काठमाडौंको महाराजगञ्जस्थित जय सलिना इन्टरप्राइजेजको कवोल अंक मूल्य अभिवृद्धि कर वाहेक १७ लाख ९५ हजार रुपैंयाँ र काठमाडौंको नागार्जुनस्थित क्राउनवाल विजनेश ट्रेडर्सको कवोल अंक मूल्य अभिवृद्धि कर वाहेक ५८ लाख ९५ हजार रुपैंयाँको बोलपत्र स्वीकृत गरेको छ ।