You are here
Home > राजनीति > विप्लव समुहका जिल्ला कमिटी सदस्य राई पक्राउ

विप्लव समुहका जिल्ला कमिटी सदस्य राई पक्राउ

१२ मंसिर २०७६, बिहीबार १४:२५

काठमाडौं-प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) को जिल्ला कमिटी सदस्य तथा युवा संघ अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौमा उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा सिलिण्डर बम बिष्फोट गराएको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने त्रियुगा नगरपालिका– १० बोक्सेस्थित ३६ वर्षीय सिद्धान्त राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जानकारी दिए । राईलाई त्रियुगा नगरपालिका– १२ गाईघाटस्थित बेचु दास चौधरीको घरमा लुकी बसेको सुचनाको आधारमा पक्राउ गरेको जनाएका छन् ।