You are here
Home > खेलकुद > सागको उद्घाटन र समापनको दिन जोर विजोर लागू गरिने

सागको उद्घाटन र समापनको दिन जोर विजोर लागू गरिने

१२ मंसिर २०७६, बिहीबार १५:४४

काठमाडौँ-१३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवसरमा ट्राफिक व्यवस्थापन गर्न भन्दै ट्राफिक प्रहरीले दुई दिन जोर–विजोर प्रणाली लागू गर्ने भएको छ।

बिहीबार आयोजित तयारी समितिको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ गते उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चल्न अनुरोध गरिने बताए ।

त्यस्तै ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ। सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू हुने छैन।