You are here
Home > खेलकुद > पारसले नेपालको झन्डा बोक्ने, दीपक विष्टले ओलम्पिक टर्च बाल्ने

पारसले नेपालको झन्डा बोक्ने, दीपक विष्टले ओलम्पिक टर्च बाल्ने

१३ मंसिर २०७६, शुक्रबार १२:५२

काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एक दशकभन्दा बढी समय कप्तानी गरेका पारस खड्काले दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करणको मार्च पासमा नेपालको झण्डा बोक्ने भएका छन्।

खेलाडीको तर्फबाट आयषा शाक्यले सपथ लिनेछिन्। तेक्वान्दोकी आयशाले १२औं र १०औंमा रजत तथा ११औंमा स्वर्ण पदक जितेकी थिइन्। उनी चौथो पटक साग प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछिन् ।

आयषाका पति दिपक विष्टले ओलम्पिक टर्च लाइट बाल्नेछन्। तेक्वान्दोका विष्ट साग प्रतियोगितामा सबभन्दा सफल खेलाडी हुन्। ओलम्पियन विष्टले आठौं, नवौं, दशौं, र एघारौं सागमा स्वर्ण पदक जितेका थिए। स्वयम्भुबाट शुरु गरिएको ओलम्पिक टर्च सातै प्रदेशमा घुमाएर १५ मंसीरमा (उद्घाटनका दिन) काठमाडौं ल्याइँदैछ।

निर्णायकको तर्फबाट ब्याडमिन्टन रेफ्री दीपक थापाले सपथ लिनेछन्।