You are here
Home > समाचार > प्रहरी र सेनाको नक्कली कागजात बनाई दिने गिरोह सीआईबीको फन्दामा

प्रहरी र सेनाको नक्कली कागजात बनाई दिने गिरोह सीआईबीको फन्दामा

१३ मंसिर २०७६, शुक्रबार १४:३१

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) ले नेपाली सेना र प्रहरीको नक्कली कागजात बनाई दिने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरी र सेनाको नक्कली कागजात, पुलिस रिपोर्ट बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । बिहीबार पक्राउ परेका उनीहरुलाई सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) ले नेपाल प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली पुलिस रिपोर्ट, विभिन्न विद्यालय र क्याम्पसका शैक्षिक प्रमाणपत्रसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका– ७ का सविनकुमार तोलांगी, चितवन रत्ननगर नगरपालिका– १६ का अमृत सुर्खेती र धादिङको नीलकण्ठ नगरपालिका– ९ का मधुसुदन दवाडी रहेका छन् ।