You are here
Home > समाचार > प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्न दुईजना नातेदार तयार

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्न दुईजना नातेदार तयार

१३ मंसिर २०७६, शुक्रबार १४:३५

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईजना नातेदारले मिर्गौला दान गर्न तयार भएका छन्। १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरेको मिर्गौलालाई शरीरले लिन छाडेपछि दोस्रो पटक प्रत्यारोपण तयारी गरिएको हो।

ओलीलाई मिर्गौला दिनका लागि नेपालमा रहेकी एकजना भाञ्‍जी नाता पर्ने महिला र अमेरिकामा रहेका भाञ्‍जा नाता पर्ने पुरुष तयार भएका हुन्। चिकित्सकहरुले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने बताएसँगै दाताको खोजी थालिएको थियो। 

प्रधामन्त्रीले आफ्नै नातेदारबाट मिर्गौला लिन चाहेका थिए। उनको इच्छा अनुसार नातेदारमध्येकै दुईजना मिर्गौला दिन तयार भएका हुन्। मिर्गौला दिन तयार भएकी भाञ्‍जी बिहीबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै पुगेकी थिइन्। 

मिर्गौला दिन तयार भएपछि ओली र दुवै नातेदारको रगतको क्रस म्याचसमेत गरिसकिएको स्रोतले जनाएको छ। ‘नेपालमा प्रत्यारोपण गर्ने अवस्थामा भएमा अमेरिकामा रहेका भाञ्‍जा जुनसुकै बेला नेपाल आउन तयार रहेको जानकारी पाएका छौँ।