You are here
Home > अर्थ/बजार > नक्कली बिजक बनाएर ८७ लाख कर छली

नक्कली बिजक बनाएर ८७ लाख कर छली

१३ मंसिर २०७६, शुक्रबार १६:२८

काठमाडौं– वस्तु तथा सेवा खरीद नै नगरी मूल्य अभिवृद्धि क र(भ्याट) को झुटा तथा नक्कली बिजक बनाएर लाखौँको राजश्व छली गरेको तथ्य फेला परेको छ ।

यसरी कर छली गर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–११ का रामप्रसाद चौलागाईं र सोही जिल्लाको चौंरीदेउराली गाउँपालिका–५ का रामकृष्ण ढकाल रहेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–११ घर भई काठमाडौं महानगरपालिका–९ बस्ने प्रभा इन्टरप्राइजेजका सञ्चालक रामप्रसाद चौलागाईंले रु ५९ लाख र सोही जिल्लाको चौंरीदेउराली गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने जिपिसी ट्रेडर्सका सञ्चालक रामकृष्ण ढकालले झण्डै रु २८ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले जनाएको छ ।

झुटा बिजक बनाएर उनीहरुले झण्डै रु ८७ लाख बिगो बराबरको राजश्व छली गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरुविरुद्ध बिगोको दोब्बर जरिवाना तथा तीन वर्ष कैद सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ ।