You are here
Home > राजनीति > उपनिर्वाचन : थबाङमा नेकपा विजयी

उपनिर्वाचन : थबाङमा नेकपा विजयी

१४ मंसिर २०७६, शनिबार १९:१५

काठमाडौं- रोल्पाको थबाङ १ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार जनक बहादुर बुढामगर विजयी भएका छन् । उनले १ सय ७४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका कमल बहादुर रोकाले २६ मत ल्याए भने ९ मत बदर भएको छ ।

शनिबार रोल्पाको थबाङमा भएको उपनिर्वाचनमा १६ प्रतिशत मात्र मत खसेको थियो । मुख्य निर्वाचन कार्यालयका अनुसार १ हजार २ सय ७४ मतदाता रहेको यहाँ २ सय ९ मत खसेको हो । ११२ महिला र ९७ पुरुषले मतदान गरेका थिए ।

निर्वाचन तनाव र त्रासका बिचमा सकिएको थियो ।