You are here
Home > राजनीति > भक्तपुरमा कांग्रेसका भँडेल विजयी

भक्तपुरमा कांग्रेसका भँडेल विजयी

१५ मंसिर २०७६, आईतवार ११:५७

भक्तपुर – प्रदेश सभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा भक्तपुर भक्तपुर–१ (क) मा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उमेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।

नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् । यद्यपि निर्वाचन आयोगद्धारा औपचारिक घोषणा भने हुन बाँकी छ ।