You are here
Home > खेलकुद > १३ औं सागको उद्घाटन सत्र सुरू

१३ औं सागको उद्घाटन सत्र सुरू

१५ मंसिर २०७६, आईतवार १७:४१

काठमाडौं -१३औं साग खेलकुदको उद्घाटन शत्र शुरु भएको छ । उद्घाटनका लागि यतिवेला राष्ट्रपति बिद्यादेवी भण्डारीसहित देशका बिशिष्ठ व्यक्तिहरु यतिवेला त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका छन् ।

उद्घाटन शत्रमा यतिवेला खेलाडीहरुले मार्च पास गरेका छन् । २० बर्षपछि घरेलु मैदानमा हुँदै गरेको सागमा ५ सय ९४ खेलाडी २७ वटा विभिन्न खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

मार्चपास लगत्तै स्वागत मन्तव्यसहित  बिशिष्ठ व्यक्तिले मन्तव्य राख्नेछन् भने राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।