You are here
Home > प्रशासन > बलात्कार आरोपित सिद्धबाबालाई चारदिन थुनामा राखी अनुसन्धान गर्न अनुमति

बलात्कार आरोपित सिद्धबाबालाई चारदिन थुनामा राखी अनुसन्धान गर्न अनुमति

१६ मंसिर २०७६, सोमबार १४:३४

काठमाडौं- आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका चताराधामका धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

सुनसरी जिल्ला अदालतले सोमबार गिरीलाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । सोमबार बिहान पक्राउ परेका गिरीलाई स्वास्थ्य परीक्षणपछि अदालत लगिएको सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिएका छन् ।

अदालतले जबरजस्ती करणी मुद्दामा थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पनि स्वास्थ्य अवस्थाका कारण गिरीलाई पुनस् अस्पताल नै पठाइएको छ ।
‘म्याद थप गर्ने प्रयोजनका लागि अस्पतालबाट एम्बुलेन्समै ल्याएका थियौं,’ शर्माले भने, ‘म्याद थपपछि अदालतको आदेशअनुसार अस्पताल नै पठाइएको हो ।’

सिद्धबाबालाई आज (सोमबार) विहानै प्रहरीले अस्पतालको आइसियूबाटै पक्राउ गरेको थियो ।