You are here
Home > समाचार > मकवानपुरमा चरेससहित दुई जना पक्राउ

मकवानपुरमा चरेससहित दुई जना पक्राउ

१६ मंसिर २०७६, सोमबार १४:३८

  मकवानपुर -लागूऔषध कारोबारको ट्रान्जिटको रुपमा रहेको मकवानपुरका प्रहरीले पेट्रोल भर्ने ट्यांकीभित्र राखेर हेटाैँडातर्फ ल्याउदै गरेको चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन राजपथको हेटौँडा–पालुङ खण्डमा प्रहरीले बा २५ प ८७८३ नम्बरको मोटरसाइकलले पेट्रोल भर्ने ट्यांकीमा ल्याउदै गरेको २५ किलोग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको हो

चरेशसहित भारत मोतिहारी सिसुवा २ बस्ने २५ वर्षिय राजेश यादब र मोटरसाईकलको पछाडि सवार भारत मोग्लेसपुरका १८ वर्षिय ऋषिकुमार यादबलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

प्रहरीलाई छक्याउनका लागि कारोबारीले नयाँ शैली अपनाउने क्रम चलिरहेको उपरीक्षक सिंहको भनाइ छ ।