You are here
Home > समाचार > एड्स विरूद्धको दिवसमा जिल्ला प्रहरी कार्यालय मोरङ सम्मानित

एड्स विरूद्धको दिवसमा जिल्ला प्रहरी कार्यालय मोरङ सम्मानित

१६ मंसिर २०७६, सोमबार १४:४१

मोरङ-३१औँ अन्तर्राष्ट्रिय एड्स विरूद्धको दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङ सम्मानित भएको छ ।

एचआइभी एड्स संक्रमण, न्यूनीकरण तथा रोकथामको लागि विगत १ वर्षभन्दा बढी समयदेखि लागूऔषध विरूद्धको अभियान सञ्चालन गरी महत्वपूर्ण योगदान पुर्याएको प्रहरी कार्यालयलाई उच्च मुल्याङ्कन गर्दै सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई सम्मानपत्र प्रदान गर्नुभयो । त्यसैगरी एविसी नेपाल, एचआइभी कार्यरत संघसंस्थाहरूको संजाललाई समेत एड्स विरूद्धको कार्यक्रममा उच्च योगदानका लागि सम्मानपत्र प्रदान गरिएको थियो ।