You are here
Home > खेलकुद > १३ औं साग : नेपालले एकै दिनमा १५ स्वर्ण जित्यो

१३ औं साग : नेपालले एकै दिनमा १५ स्वर्ण जित्यो

१६ मंसिर २०७६, सोमबार १९:१५

काठमाडौं– तेस्रो पटक नेपालमा आयोजना भइरहेको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले अहिलेसम्म नेपालले १५ स्वर्ण जितेकाे छ ।

नेपालले तेक्वान्दाेमा ७, करातेमा ७, महिला ट्रायथलनमा एक गरी कुल १५ स्वर्ण हात पारेकाे हाे ।

यी हुन् नेपालका स्वर्ण पदक विजेता

  • करातेः (एकल काता) मण्डेकाजी श्रेष्ठ
  • करातेः (टिम काता, महिला) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
  • करातेः (टिम काता ,पुरुष) निर्मला तामाङ, संगिता मगर, सरु कार्की
  • करातेः (५५ केजी) लक्ष्मण तामाङ
  • करातेः (८४ केजीमाथि) विप्लवलाल श्रेष्ठ
  • करातेः (४५ केजी मुनी) कुसुम खड्का
  • करातेः (५० केजी मूनि) अनु अधिकारी
  • तेक्वान्दो पुम्सेः (२३–२९ वर्ष ) कमल श्रेष्ठ
  • तेक्वान्दो पुम्सेः ( १७ –२३ वर्ष )  सिना मादेन लिम्बु
  • तेक्वान्दो पुम्सेः (२३ –२९ वर्ष ) पार्वती गुरुङ
  • तेक्वान्दो पुम्सेः (२९ वर्ष माथि ) आयशा शाक्य
  • तेक्वान्दो पुम्सेः (२९ वर्ष माथि ) आयशा शाक्य र सञ्जिकुमार पाण्डे
  • पुम्से महिला टिमः (१७–२३ वर्ष) निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
  • पुम्से महिला टिमः (२३–२९ वर्ष)  निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
  • ट्रायथलनः सोनी गुरुङ

रजत पदक
कराते (एकल काता) – चन्चला दनुवार
तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

कास्य पदक
तेक्वान्दो पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बु
तेक्वान्दो पुम्से (२३–२९ वर्ष) – जितबहादुर बोट र पार्वती गुरुङ
ट्रायथोलन – बसन्त थारु