You are here
Home > समाचार > धनगढीका एक युवक ब्राउन सुगर सहित पक्राउ

धनगढीका एक युवक ब्राउन सुगर सहित पक्राउ

१७ मंसिर २०७६, मंगलवार १६:२४

धनगढी -धनगढीका एक युवकलाई ब्राउन सुगर सहित भारतीय प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा धनगढी उप–महानगरपालिका २ का दीपेन्द्र सिंह रहेका छन ।

उनलाई धनगढी संगै सीमा जोडिएको गौरीफन्टामा भारतीय प्रहरी र एसएसबीको संयुक्त चेकजाँचका क्रमममा ६ दशमलव ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । 

लागू औषधको मुद्दामा  पक्राउ परेका सिंहको भारतमै मुद्दा चल्ने उनले बताए ।