You are here
Home > Front News > प्रमुख जिल्ला अधिकारीको हेरफेर

प्रमुख जिल्ला अधिकारीको हेरफेर

१७ मंसिर २०७६, मंगलवार २०:०५

काठमाडौंं– गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृहले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको हो ।

पर्साका सिडिओ नारायण भट्टराईको चितवनमा तथा चितवनका जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ । भक्तपुरका नारायण भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको छ ।

लमजुङका सिडिओ पनि फेरिएका छन् । डा. डिजन भट्टराईलाई अध्यागमन विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयकी सहसचिव हुमकला पाण्डेलाई भक्तपुर तथा बरिष्ठ अध्यागमन अधिकृत लक्ष्मणबहादुर खड्कालाई लमजुङ पठाइएको छ ।