You are here
Home > खेलकुद > २३ स्वर्णका साथ नेपाल शिर्ष स्थानमा

२३ स्वर्णका साथ नेपाल शिर्ष स्थानमा

१७ मंसिर २०७६, मंगलवार २०:१४

काठमाडौं- १३ औं दक्षिण एशियलाी खेलकुद (साग) मा नेपालले स्वर्ण पदक संख्या २३ पुर्याएको छ । मंगलबार भएको खेलमा छ स्वर्ण जित्दै नेपालले शिर्ष स्थानमा कायमै राखेको छ ।

तेस्रो दिन नेपालले मार्सल आर्टमा स्वर्ण पदक थप्यो । उसुमा दुई, तेक्वान्दोमा दुई र कराँतेमा दुई स्वर्ण जित्यो । एथलेटिक्समा दुई स्वर्ण जित्न सफल भयो । योसँगै नेपलाको २३ स्वर्ण, ७ रजत र ११ काँस्यसहित ४१ पदक पुगेको छ ।

एथलेटिक्सको महिला १० हजार मिटरमा सन्तोषी श्रेष्ठले ऐतिहासिक स्वर्ण जितिन् । उनले १ मिलिसेकेन्डले भारतकी कविता यादवलाई पछि पार्दै पदक जितिन् । दुवाथोलनमा हिमाल टमाटाले स्वर्ण जिते ।

उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण जिते । कराँतेको पुरुष ६७ केजी तौल समूहको कुमितेमा नेपालका नविन रसाइलीले स्वर्ण जिते । कराँतेकै ६७ केजी महिला कुमितेतर्फ सुनिता महर्जनले स्वर्ण जितिन् । तेक्वान्दोको पुरुष ६८ केजी मुनीको तौल समूहमा वीरबहादुर महराले स्वर्ण जिते । ४६ केजी तौल समूहमा महिलातर्फ काजल श्रेष्ठले स्वर्ण जितिन् ।