You are here
Home > खेलकुद > १३औँ साग : २७ स्वर्ण पदकसहित नेपाल शीर्ष स्थानमै

१३औँ साग : २७ स्वर्ण पदकसहित नेपाल शीर्ष स्थानमै

१८ मंसिर २०७६, बुधबार १६:०२

काठमाडौं -१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेल चलिरहँदा नेपाल पदक तालिकाको शीर्ष स्थानमै रहेको छ। नेपालले अहिलेसम्म २७ वटा स्वर्ण पदक जितिसकेको छ। 

नेपालका लागि बुधबार कराँतेमा अनुपमा मगरले स्वर्ण पदक जितिन्। कराँते कुमुतेको ६८ केजी तौल समूहमा अनुपमा मगरले पाकिस्तानी खेलाडी नगर्सिलाई ६-३ ले हराउँदै बुधबार स्वर्ण पदक जितेकी हुन्। त्यसैगरि उसुको पुरुष थाउलोतर्फ दीपक हमालले स्वर्ण पदक जितेका छन्। 

कराँतेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ । कराँतेमा नेपाल अहिले सम्म कुनै पनि इभेन्टमा पदकविहीन हुनु परेको छैन। । नेपालले साइक्लिङको पुरुष-महिला दुवै इभेन्टमा स्वर्ण पदक जित्न सफल भएको छ। डाउनहिल साइक्लिङमा नेपालले दुईजटा स्वर्ण पदक जितेको छ। गोकर्णस्थित सहिद पार्कमा बुधबार डाउनहिलतर्फ नेपालले दुईवटा स्वर्ण पदक जितेको हो।

पुरुष इभेन्टतर्फ नेपालका राजेश मगर र महिला इभेन्टतर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन्।  राजेशले १ किलोमिटरको दुरी १ मिनेट ४९. ३३३ सेकेण्डमा पुरा गरे। यस इभेन्टको रजत र कास्य पदक पनि नेपालकै निरभ श्रेष्ठ र प्राचित थापाले जितेका छन्। निरभले १ मिनेट ५०. ०८० सेकेण्डको समय निकाल्दै रजत जिते भने प्राचितले १ मिनेट ५१. ६६१ सेकेण्डको समय निकालेर रजत जिते।

महिला इभेन्टतर्फ निश्माले २ मिनेट २२. ४५१ सेकेण्डको समय निकालेर स्वर्ण पदक पक्का गरिन्।