You are here
Home > समाचार > बम बिष्फोटकाे अभियोगमा एकजना पक्राउ

बम बिष्फोटकाे अभियोगमा एकजना पक्राउ

१८ मंसिर २०७६, बुधबार १६:१०

उदयपुर -त्रियुगा नगरपालिका ६ जलजलेस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयको भवनमा बम विस्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर गाईघाट बजार बस्ने रुकुम मुसिकोट नगरपालिका – १४ घर भएका देहज भन्ने २१ वर्षीय हरि बहादुर विष्ट रहेको प्रहरीले जानकारी दिएको छ ।

गत भदौ २ गते उक्त भवनमा सिलिन्डर बम विस्फोटको घटनामा संलग्न रहेको अभियोगमा विष्टलाई पक्राउ गरिएको हो ।

उक्त विस्फोटको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये विष्टलाई त्रियुगा नगरपालिका – ३ बसपार्कबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।