You are here
Home > खेलकुद > सागमा नेपालको १००औं स्वर्ण

सागमा नेपालको १००औं स्वर्ण

१८ मंसिर २०७६, बुधबार १७:४२

काठमाडौँ-१३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । फाइनल भिडन्तमा पाकिस्तानका वाकार अली साहलाई पराजित गर्दै ८७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले नेपालका लागि स्वर्ण जितेका हुन्।

यससँगै १३औं सागमा नेपालको स्वर्ण २९ पुगेको छ । १३ औं सागसम्म आइपुग्दा भने यो १०० औं स्वर्ण हो । उत्कृष्ट प्रदर्शन गरेका उनले २७-९ ले पाकिस्तानी खेलाडीलाई हराए ।

नेपाल पदक तालिकको पहिलो स्थानमा छ भने भारतले नेपाललाई पच्छ्याइरहेको छ।