You are here
Home > समाचार > गण्डकी मेडिकल कलेजबाट बाहिरियो प्रश्नपत्र, नौं विद्यार्थी पक्राउ

गण्डकी मेडिकल कलेजबाट बाहिरियो प्रश्नपत्र, नौं विद्यार्थी पक्राउ

१९ मंसिर २०७६, बिहीबार १४:४२

काठमाडौं-गण्डकी मेडिकल कलेजबाट एमबिबिएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र बाहिरिएको छ । प्रश्नपत्र बाहिरिएपछि कलेजमा झडप समेत भएको छ ।

कलेजले बढी शुल्क लिएको विरोधमा पहिलो वर्षका विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका थिए । उनीहरुले कलेज बाहिर बसेर विरोध गरेका छन् । परीक्षा हुनु अगावै प्रश्न पत्र बाहिरिएको थाहा पाएपछि भित्र पसेर विरोध गरेका विद्यार्थीलाई प्रहरी हस्तक्षेप गरी नौं जनालाई पक्राउ गरेको छ ।

विरोमा उत्रिएका विद्यार्थीमाथि प्रहरी लाठीचार्ज गर्दा ढोकाको सिसा फुटेको छ भने सो क्रममा एक जना विद्यार्थीको हातमा काटेको स्थानीयले जानकारी दिएका छन् ।९५ जना विद्यार्थी पहिलो वर्षमा अध्ययनरत छन् ।

यही बीचमा कलेजका प्रिन्सिपल र सिइओका छोराछोरीसहित पाँच जनाले भने परीक्षाा दिएको चिकित्सा शिक्षा संघर्ष समितिका महासचिव अनित सिन्हाले जानकारी दिएका छन् ।