You are here
Home > समाचार > सात हजार घुस रकमसहित असई पक्राउ

सात हजार घुस रकमसहित असई पक्राउ

१९ मंसिर २०७६, बिहीबार १४:४८

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक (असई) लाई सात हजार घुस रकमसहित पक्राउ गरेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले जिप्रका मोरङमा कार्यरत असई श्यामकुमार दाहाललाई सात हजार घुससहित पक्राउ गरेको हो ।

असई दाहालले सामान ओसापोसर गर्ने भ्यानलाई खाद्य सामग्री ओसापोसारमा सहज बनाद्यदिने भन्दै घुस रकम माग गर्ने र दुःख दिने गरेको सूचनाका आधारमा गएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । तीन दिनअघि धनुषामा कार्यरत ट्राफिकका असई नवीनकिशोर झा एक हजार घुससहित पक्राउ परेका थिए ।

गत १३ मंसिरमा ठगी मुद्दा मिलाइदिने भन्दै पैसा माग्ने सर्लाहीका इन्सपेक्टर रामकिशोर शाह ५० हजार घुससहित पक्राउ परेका थिए ।