You are here
Home > राजनीति > १० दिनपछि प्रधानमन्त्री अस्पतालबाट ‘डिस्चार्ज’

१० दिनपछि प्रधानमन्त्री अस्पतालबाट ‘डिस्चार्ज’

१९ मंसिर २०७६, बिहीबार १६:३२

काठमाडौं– १० दिनको अस्पताल बसाईपछि प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) डिस्चार्ज भएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररमा रहेका प्रधानमन्त्री ओलीले डिस्चार्ज भएका छन् । उनी भर्खर बालुवाटारस्थित निवासतर्फ लागेका हुन् ।

यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।