You are here
Home > समाचार > डाक्टरका बलात्कारीमाथि प्रहरी ‘इन्काउन्टर’, चारै जना मारिए

डाक्टरका बलात्कारीमाथि प्रहरी ‘इन्काउन्टर’, चारै जना मारिए

२० मंसिर २०७६, शुक्रबार १२:३७

हैदराबाद -हैदराबादको बहुचर्चित डाक्टर बलात्कार काण्डमा पक्राउ परेका चारै जना अभियुक्तको प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

प्रहरीले हैदराबादबाट ५० किलोमिटर टाढा महबुब नगर जिल्लाको चटनपल्ली गाउँमा इन्काउन्टर गर्दा चारै जना मारिएका हुन् ।

तेलंगना प्रहरीकमा एडीजी जीतेन्द्रले आज बिहान तीन बजे चारै अभियुक्तको मुठभेडमा मृत्यू भएको बताएका छन् । चारै जना अभियुक्तलाई बुधबार प्रहरी हिरासतमा सुम्पिएको थियो ।

गएराति चारै अभियुक्तलाई बलात्कारपछि हत्या गरिएकी डाक्टरको शब भेटिएको स्थानमा लगिएको थियो ।

सो स्थानमा घटनाको दृश्य रिक्रिएट गर्ने क्रममा प्रहरीमाथि नै हमलाको कोशिस गरेपछि प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको बताइएको छ ।

२८ नोभेम्बरमा हैदराबाटमा २७ वर्षीया पशु चिकित्सकको शब जलेको अवस्थामा भेटिएको थियो ।

जाँचका क्रममा बलात्कारपछि हत्या गरेर शब समेत जलाएको पत्ता लागेको थियो । घटनापछि पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि १४ दिनका लागि हिरासतमा पठाइएको थियो । एजेन्सी