You are here
Home > प्रशासन > निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश

निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश

२० मंसिर २०७६, शुक्रबार १५:५९

काठमाडौं– सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढाउन सरकारलाई आदेश दिएको छ ।

पूर्व सचिव द्वारिकानाथ ढुङ्गेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले विमानस्थल निर्माणको कामलाई यथास्थितिमै राख्न आदेश दिएको हो ।