You are here
Home > समाचार > इटहरीकाे मुख्य चोकमा रहेको बिग बार होटलमा आगलागी

इटहरीकाे मुख्य चोकमा रहेको बिग बार होटलमा आगलागी

२२ मंसिर २०७६, आईतवार ०८:२७

सुनसरी-सुनसरीको इटहरीस्थित मुख्य चोकमा रहेको बिग बार होटलमा आगलागी भएको छ । सूर्य कम्प्लेक्सस्थित बिग बार रेष्टुरेण्टमा लागेको आगोले बिग बार नष्ट भएको छ ।

रातिको १ बजे लागेको आगो साढे तीन घण्टापछि ९ वटा दमकलको सहायतामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् ।

विराटनगर, दमक, सप्तरी, धरानको २ वटा, दुहवी, महेन्द्रगर, सुन्दरहरैचा र इटहरीको गरी आगो निभाउन ९ वटा दमकल प्रयोग गरिएको थियो । आगलागी भए लगत्तै जुटेका स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलले तीन घण्टा लगाएर आगो निभाएका हुन् ।